पूर्ण रूपमा फेरि डिजाइन गरिएको Pixel क्यामेराका सहायताले कहिल्यै पनि कुनै पनि क्षण नछुटाउनुहोस् र पोर्ट्रेट, Night Sight, टाइम ल्याप्स र सिनेम्याटिक ब्लर जस्ता सुविधाहरू प्रयोग गरेर सुन्दर फोटो तथा भिडियोहरू खिच्नुहोस्।
सानदार फोटोहरू खिच्नुहोस्
• एक्सपोजर र ह्वाइट ब्यालेन्स कन्ट्रोल भएको HDR+ - विशेष गरी कम प्रकाश भएको र पछाडिबाट प्रकाश आइरहेका अवस्थामा HDR+ प्रयोग गरेर गजबका फोटोहरू खिच्नुहोस्।
• Night Sight - तपाईंलाई फेरि कहिल्यै पनि फ्ल्यास प्रयोग गरौँ जस्तो लाग्ने छैन। Night Sight प्रयोग गरी अँध्यारोमा नदेखिने कुरा र रङहरू पनि खिच्न सकिन्छ। तपाईं एस्ट्रोफोटोग्राफी सुविधा प्रयोग गरी आकाशगङ्गाका फोटोसमेत खिच्न सक्नुहुन्छ!
• सुपर रिजोल्युसन जुम - टाढै बसेर पनि नजिकैबाट खिचेको जस्तै फोटो खिच्नुहोस्। तपाईं सुपर रिजोल्युसन जुम प्रयोग गरी फोटो जुम इन गर्दा उक्त फोटो अझ स्पष्ट देख्न सक्नुहुन्छ।
• लङ एक्सपोजर - फोटोमा भएका मान्छे वा वस्तुहरूमा क्रिएटिभ ब्लर हाल्नुहोस्
• एक्सन प्यान - फोटोमा भएका मान्छे वा वस्तुहरूमा फोकस गरी ब्याकग्राउन्डमा क्रिएटिभ ब्लर हाल्नुहोस्
• म्याक्रो फोकस - सबैभन्दा साना वस्तुहरूमा पनि जीवन्त रङ र गजबको कन्ट्रास्ट हाल्नुहोस्
हरेक पटक सानदार भिडियोहरू खिच्नुहोस्
• भीडभाड भएका र कम उज्याला ठाउँहरूमा पनि गजबको रिजोल्युसन र स्पष्ट अडियो भएका भिडियोहरू रेकर्ड गर्नुहोस्
• सिनेम्याटिक ब्लर - फोटोमा भएका मान्छे वा वस्तुहरूका पछाडिको ब्याकग्राउन्ड धमिलो गरेर सिनेम्याटिक इफेक्ट देखाउनुहोस्
• सिनेम्याटिक प्यान - आफ्नो फोनका प्यानिङ मुभमेन्टहरू सुस्त बनाउनुहोस्
• लङ सट - डिफल्ट फोटो मोडमा भएका बेला सटर कीमा केही बेरसम्म थिचेर फटाफट भिडियो खिच्नुहोस्
Pixel 8 Pro मा मात्र उपलब्ध सुविधाहरू
• ५० मेगापिक्सेलको उच्च रिजोल्युसन - अझ विस्तृत विवरण भएका उच्च रिजोल्युसनका फोटोहरू खिच्नुहोस्
• प्रो सेटिङ - फोकस, सटरको गति र अन्य कुराहरू मिलाउने सुविधा भएका थप सिर्जनात्मक सेटिङ प्राप्त गर्नुहोस्
आवश्यक मापदण्डहरू - Pixel क्यामेराको नवीनतम संस्करणले Android १४ र सोभन्दा माथिका संस्करण चल्ने Pixel डिभाइसहरूमा मात्र काम गर्छ। Wear OS मा चल्ने Pixel क्यामेराको नवीनतम संस्करणले Pixel फोनसँग लिंक गरिएका Wear OS ३ (र सोभन्दा माथिका) चल्ने डिभाइसहरूमा मात्र काम गर्छ। केही सुविधाहरू भने सबै डिभाइसमा उपलब्ध हुँदैनन्।
मा अपडेट गरिएको
२०२४ नोभेम्बर २२