Google Kids Space भनेको ९ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि तयार पारिएको र ट्याब्लेटमा प्रयोग गर्न मिल्ने सुविधा हो। यसमा कस्टम होम स्क्रिन र गुणस्तरीय सामग्रीको लाइब्रेरी उपलब्ध हुन्छन्। बालबालिकाहरू अद्वितीय अवतार प्रयोग गरेर आफ्नो अनुभव कस्टमाइज गर्न सक्छन् र उनीहरूलाई उनीहरूको रुचिका आधारमा सामग्री सिफारिस गरिन्छ। अभिभावकहरू भने अभिभावकीय नियन्त्रणहरू प्रयोग गरेर बालबालिकालाई कुन कुन गतिविधि गर्न दिने भन्ने कुरा तय गर्न सक्छन्।
Google Kids Space चलाउनका निम्ति तपाईंको बच्चासँग Google खाता र कम्प्याटिबल Android डिभाइस हुनु पर्छ।
शिक्षकशिक्षिकाले अनुमोदन गरेका एप तथा गेमहरू
Google Kids Space मा शिक्षकशिक्षिका र बाल शिक्षा तथा मिडिया विशेषज्ञहरूले अनुमोदन गरेका Google Play का एप र गेमहरू हुन्छन्। शिक्षकशिक्षिकाले अनुमोदन गरेका एपहरू उमेर सुहाँउदा, सोचविचार गरी डिजाइन गरिएका र रमाइला वा प्रेरणादायी हुन्छन्।
Google Kids Space मा बालबालिकाहरूका लागि सिफारिस गरिएका सामग्रीबाहेकका अन्य सामग्री राख्न चाहने अभिभावकहरू अभिभावकको मेनुमार्फत Google Play स्टोरमा उपलब्ध थप सामग्री हाल्न सक्छन्।
बाल पुस्तक विशेषज्ञहरूले छनौट गरेका पुस्तकहरू
बालबालिकामा पुस्तक पढ्ने बानी बसाल्नका निम्ति Play Books बाट छनौट गरिएका पुस्तकहरूको क्याटलग देखाइन्छ। तपाईं यहाँ उत्कृष्ट शीर्षक भएका तथा आफूलाई थाहा भएका पात्रहरू समावेश गरिएका क्लासिक पुस्तक तथा नयाँ कथाहरू पढ्न सक्नुहुन्छ। ती पुस्तक तथा कथाहरू ट्रकदेखि लिएर ब्याले नृत्यसम्मका विषयवस्तुमा आधारित हुन्छन्। बालबालिकाहरू आफ्ना रुचिका नयाँ कुराहरू भेट्टाउन वा आफूलाई मन पर्ने कथाहरू दोहोऱ्याएर पढ्न सक्छन्।
उत्कृष्ट सामग्री भएका सिफारिस गरिएका भिडियोहरू
YouTube Kids ले भिडियोहरूको सहायताले बालबालिकाहरू केही कुरा सिर्जना गर्न, पत्ता लगाउन र आफ्नो सिप निखार्न सक्छन्। यस्ता भिडियोहरूले बालबालिकाको सिर्जनशीलता बढाउँछन् र उनीहरूलाई खेल्न प्रेरित गर्छन्। बच्चाहरू सामान्य रेखाचित्र कोर्नेदेखि लिएर विज्ञानका रमाइला प्रोजेक्ट गर्नेसम्मका सबै खाले भिडियोहरू भेट्टाउन सक्छन्। चाहे बच्चाहरू नयाँ कुरा जान्न चाहून् वा गीत गाउन चाहून् वा रमाइलो गरी हाँस्न चाहून्, उनीहरू आफ्ना रुचिका आधारमा आफूलाई मन पर्ने विषय र पात्रहरूसम्बन्धी भिडियोहरू हेर्न सक्छन्।
बच्चाहरूको जिज्ञासु स्वभावलाई ध्यानमा राखेर डिजाइन गरिएको
जनावरसम्बन्धी प्रोजेक्ट होस् वा कलासम्बन्धी प्रोजेक्ट होस्, बच्चाहरू आफूलाई मन पर्ने कुराको बाल विशेषज्ञ हुन सक्छन्। Google Kids Space बालबालिकाहरूलाई उनीहरूका नयाँ चाखको अन्वेषण गर्न र नयाँ तथा रोचक तरिकाले अझ बढी कुरा सिक्न सघाउने उद्देश्यले डिजाइन गरिएको सुविधा हो। बच्चाहरू आफ्नै पात्र बनाई आफ्नो अनुभव कस्टमाइज गर्न पनि सक्छन्। लग इन गर्दा स्क्रिनमा उनीहरू यही पात्र देख्ने छन्।
अभिभावकीय नियन्त्रणहरूका सहायताले बालबालिकालाई कुन कुन गतिविधि गर्न दिने भन्ने कुरा तोक्नुहोस्
Google को Family Link एपमा रहेको अभिभावकीय नियन्त्रणहरू नामक सुविधाका सहायताले तपाईं आफ्नै डिभाइसबाट Google Play का सामग्री व्यवस्थापन गर्ने र स्क्रिन टाइम तय गर्ने लगायतका कार्यहरू गरेर आफ्नो बच्चालाई कुन कुन सुविधा प्रयोग गर्न दिने भन्ने कुरा निर्धारण गर्न सक्नुहुन्छ।
महत्त्वपूर्ण जानकारी
Google Kids Space ले तपाईंको बच्चाको ट्याब्लेटको होम स्क्रिन बदलेर उहाँलाई थाहा भएका र मन पर्ने सामग्री व्यवस्थापन गर्न मद्दत गर्ने सुविधा उपलब्ध गराउँछ। उहाँ ती सामग्री एप, गेम, भिडियो तथा पुस्तकहरू भएको ट्याबमा व्यवस्थापन गर्न सक्नुहुन्छ। तपाईं जुनसुकै बेला अभिभावकको मेनुमार्फत Google Kids Space अफ गर्न सक्नुहुन्छ।
तपाईंको बच्चासँग Google खाता छ भने मात्र उहाँ Google Kids Space चलाउन सक्नुहुन्छ। Family Link एप इन्स्टल गरिएको कम्प्याटिबल Android, Chromebook वा iOS डिभाइसमा मात्र अभिभावकीय नियन्त्रणहरू प्रयोग गर्न मिल्छ। सुविधाहरूको उपलब्धता क्षेत्रअनुसार फरक हुन सक्छ। Android चल्ने केही निश्चित ट्याब्लेटहरूमा मात्र Google Kids Space चलाउन मिल्छ। Google Kids Space मा Google सहायक चलाउन मिल्दैन।
पुस्तक तथा भिडियो सामग्री सबै क्षेत्रमा उपलब्ध नहुन सक्छ। भिडियो सामग्री हेर्न पाइन्छ कि पाइँदैन भन्ने कुरा YouTube Kids एपको उपलब्धतामा भर पर्छ। पुस्तक पढ्न Play Books एप चाहिन्छ। पूर्व सूचनाविनै एप, पुस्तक र भिडियो सामग्री उपलब्ध हुन वा नहुन सक्छन्।
मा अपडेट गरिएको
२०२४ अक्टोबर २३