Google लेन्सले तपाईंलाई आफ्नो क्यामेरा वा फोटो मात्रै प्रयोग गरेर आफूले देखेका कुराको खोजी गर्न, कामहरू अझ छिटो गराउन र आफू वरिपरिको संसारबारे बुझ्न दिन्छ।
पाठ स्क्यान र अनुवाद गर्नुहोस् आफूले देखेका शब्दहरू अनुवाद गर्नुहोस्, आफ्नो सम्पर्क सूचीमा व्यावसायिक कार्ड सेभ गर्नुहोस्, पोस्टरबाट आफ्नो पात्रोमा कार्यक्रमहरू थप्नुहोस् र समय बचत गर्नका लागि जटिल कोड वा लामा अनुच्छेदहरू प्रतिलिपि गरी आफ्नो फोनमा टाँस्नुहोस्।
बोटबिरुवा र जनावरहरू चिन्नुहोस् आफ्नो साथीको आवासमा भएको बिरुवा के को हो वा आफूले उद्यानमा देखेको कुकुर कुन जातको हो भनी चिन्नुहोस्।
आफ्ना वरिपरिका स्थानहरूको अन्वेषण गर्नुहोस् चर्चित स्थल, भोजनालय वा स्टोरफ्रन्टहरूको पहिचान गरी तिनका बारेमा अध्ययन गर्नुहोस्। मूल्याङ्कन, सञ्चालन हुने समय, ऐतिहासिक तथ्य र थप कुरा हेर्नुहोस्।
आफूलाई मन पर्ने दृश्य फेला पार्नुहोस् आफूलाई मन पर्ने पहिरन हेर्नुहुन्छ? वा तपाईंको बैठक कोठामा सुहाउने खालको कुर्सी हेर्नुहुन्छ? आफूलाई मन पर्ने खालका कपडा, फर्निचर र घरायसी साजसज्जाका सामग्री फेला पार्नुहोस्।
के अर्डर गर्ने भन्ने थाह पाउनुहोस् Google नक्साका समीक्षाहरूका आधारमा भोजनालयको मेनुमा रहेका लोकप्रिय परिकारहरू हेर्नुहोस्
कोडहरू स्क्यान गर्नुहोस् QR कोड र बारकोडहरू द्रुत रूपमा स्क्यान गर्नुहोस्।
*यसको उपलब्धता सीमित छ र सबै भाषा वा क्षेत्रमा उपलब्ध छैन। थप विवरणका लागि
g.co/help/lens मा जानुहोस्। लेन्सका कतिपय सुविधाहरू प्रयोग गर्न इन्टरनेट चाहिन्छ।