नेपाल ड्राइभिङ ट्रायल नेपालकै पहिलो ड्राइभिङ सिमुलेटर (सवारी चलाउने नमुना) गेम हो । शुरूवातको लागि यो गेममा मोटरसाइकल, स्कुटर र कार गरि ३ थरि सवारी साधनको तयारी गर्न सकिन्छ । यसमा २९ वटा फरक फरक स्तरहरूको तयारी गरि आफूलाई सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाको लागि ढुक्क बनाउन सकिन्छ । यो गेममा लिखित परीक्षाको साथै ट्राफिक चिन्हहरू पनि समाहित छन् ।
पार्किङ
कार पार्किङ् सिक्नको लागि यस गेममा तीनवटा भिन्दा-भिन्दै गेमहरू छन् ।
- सडकमा पार्किङ गर्ने गेम
- पार्किङ लटमा पार्किङ गर्ने गेम
- अफ्टेरो ठाउँमा पार्किङ गर्ने गेम
यी सबै ठाउँमा पार्क गर्न सिकिसकेपछि तपाईँ कार पार्किङ गर्न पोख्त हुनुहुने छ ।
प्रयोगात्मक परीक्षा
प्रयोगात्मक परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने यो गेम ट्रायल को पद्धत्ति बुझ्नको लागि सबैभन्दा उपयुक्त गेमहरूमध्ये पर्छ । यो गेम नियमित रूपमा खेल्नाले तपाईँ ट्रायलको रूटसँग सहजता महसुस गर्नको साथै आफ्नो सिप पनि निखार्न सक्नुहुन्छ । ट्राफिक चिन्हहरू र लिखित परीक्षाको तयारी गरि तपाइँ ढुक्क हुन सक्नुहुन्छ ।
विशेषताहरू
- लिखित परीक्षाको लागि तयारी गर्न सक्नुहुन्छ
- सबै ट्राफिक चिन्हहरू चिन्न सक्नुहुन्छ
- तपाईं कार, मोटरसाइकल र स्कुटर चलाउन सिक्न सक्नुहुन्छ
- हरेक सवारी साधनको लागि लगभग १० स्तरका तयारी गर्न सक्नुहुन्छ
- कारको स्टेरिङ र म्यानुअल गियर सिस्टम सिक्न सक्नुहुन्छ
- कार, मोटरसाइकल र स्कुटरको साइडलाइट बाल्ने बानी बसाल्न सक्नुहुन्छ
- ट्राफिक बत्तीको साधारण नियमहरू सिक्न सक्नुहुन्छ
- प्रयोगात्मक परीक्षामा हुनेजस्तै ट्रायल रूटमा तयारी गर्न सक्नुहुन्छ
यो गेम खेल्नु भएकोमा धन्यवाद ! कुनै सल्लाह र सुझाव छ भने हामीलाई दिनुहोला । हामी यो गेममा नियमित रूपमा नयाँ स्तरहरू र सुविधाहरू थप्दै जान्छौं, त्यसैले तपाईंको प्रतिक्रियाले यो गेम सबैको लागि अझ उपयोगि बनाउने छ ।
मा अपडेट गरिएको
२०२४ फेब्रुअरी २२